|

मिर्चैयाको सागरमाथा बोर्डिङग स्कूलमा शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाएपछि मृत्यू

2 वर्ष पहिले     436 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

सिरहाको मिर्चैयामा रहेको सागरमाथा माध्यमिक विद्यालय (बोर्डिङग स्कूल) मा एक शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाईदिएपछि मृत्यु भएको आरोप परिवारजनले लगाएको छ ।

शुक्रबार सो विद्यालयमा पढन गएकी सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाही बस्ने धर्मेन्द्र कुमार महराकी १५ बर्षिय छोरी सिर्जना कुमारी महरालाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाईदिएपछि मृत्यू भएको हो ।

.

कक्षा ८ मा पढने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि उनले सोही विद्यालयमा पढाउने शिक्षिका अम्बिका लम्साललाई दुःखेसो पोखिन् ।

शिक्षिका लम्सालले उनलाई एक टयाबलेट (गोटी) औषधी दिँदै पानीको सट्टा स्प्रीट खुवाएको आरोप परिवारजनको छ ।

शिक्षिका लम्सालले पेट दुःखाई निको हुने औषधी भनेर एक टेबलेट दिएको र कोल्ड ड्रिन्क माउन्टेन डीउको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्प्रीट नै खुवाईदिएको बताइएको छ ।

सो बोतलमा स्प्रीटको गन्ध लागेपछि लम्सालले सिर्जनालाई सो स्प्रीट खान भनेकी थिईन् । उनले बोतलमा पानी नै रहेको र केही गन्ध मात्रै आएको भन्दै स्प्रीट खुवाएकी थिईन् ।

दिएको टेबलेट र स्प्रीट खाएपछि उनको शरिरमा रिएक्सन सुरु भएको थियो । उनी हिडन समेत नसक्ने अवस्थामा भएपछि उनलाई घर पुरयाईएको थियो ।

अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित रहको फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरियो । त्यहाँ लैजाँदा उसको छातीको फोक्सो सेतो भईसकेको, आँखाको नानी स्थिर भईसकेको उपचारमा सँलग्न चिकित्सक डा. श्याम साहले बताए ।

उनले स्प्रीटकै रिएक्सन यस्तो हुन नसक्ने बताउँदै उनको शरिरमा विषजन्य पदार्थ गएको बताएपनि थप र यथार्थ जानकारी पोष्टमार्टमको रिपोर्टबाट मात्र थाहा हुने प्रतिक्रिया दिए ।

शिक्षिका लम्सालले केको औषधी दिएको र किन यस्तो भएको बारे अझै खुलेको छैनन् ।

यता, परिवारजनले शिक्षिका लम्सालले नै स्प्रीट र गलत औषधी दिएर मारेको आरोप लगाएका छन् ।

अहिले अस्पतालमा प्ररहीको टोली समेत पुगेको छ भने मृतक किशोरीको शव पोष्टमार्टमको लागि सिरहा लैजाने तयारी भईरहेको बताईएको छ । थप विवरण आउन बाँकी छ ।