|

राष्ट्रपतिको निर्वाचन पछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने : प्रकाशमान सिंह

2 वर्ष पहिले     288 सामग्री पोस्ट दृश्य

निर्वाचन, समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने र जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरिने बताएका छन् ।सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागि हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता सिंहले राष्ट्रपतिको निर्वाचन पछि त्यस विषयमा दलहरु बिच परामर्श हुने बताए । उनले पार्टी सभापती देउवालाई पाँचै वर्ष प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गरेको कुरा आफुहरुलाई जानकारी नरहेको बताए । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन पछि भने देशमा वृहत सहमतीको सरकार बन्ने उनले बताए । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री नेता महेन्द्र यादव, नेता आनन्द ढुङ्गाना प्रदेश सांसद शेष नारायण यादव, कुमर कान्त झा, धनुषा सभापती योगेन्द्र पजियार    सहितको उपस्थिती थियो ।