|

सहिद नगरपालिकामा किसानको लागी लाएको कोदालो ३ महिना भैसक्दा पनि वितरण गरेन किसानलाई

1 वर्ष पहिले     327 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

सहिद नगरपालिकामा किसानको लागी लाएको कोदालो ३ महिना भैसक्दा पनि वितरण गरेन किसानलाई
सप्तशहिद टुडे
धनुषाको शहिदनगर नगरपालिकामा किसानहरुलाई खेतबारी जोतखोनको लागि किनिएर ल्याइएको कोदालो यहिलेसम्म किसानहरुलाई वितरण गरिएको छैन।तीन महिना आगाडी शहिदनगर नगरपालिकामा ११२० कोदालो किनिएको थियो।नगरपालिकाले कृषि शाखालाई जिम्मा लगाइएको कोदालोहरु असाए मसान्तमा किसानहरुलाई दिनुपर्ने कोदालोहरु यहिलेसम्म जस्ताको त्यस्तै घरमा थनकाएर राखिएको छ।एकै ठाउँमा कोदालोहरु राख्दा कोदालोहरुमा खिया समेत लगेको देखिएको छ।

शहिदनगर नगरपालिकामा किसानको लागि निरन्तर कृषि अन्त्रहरु आइराख्दा पनि किसानहरुलाई समयमा वितरण नभैरहेको कृषि शाखा प्रमुख सिताराम शर्माको भनाइ छ।कृषि शाखा प्रमुख शर्माका अनुसार मेयर दिनेश प्रसाद यादव र प्रससन अधिकृत सावन चौधरीको कारणले गर्दा कोदालो किसानहरुलाई वितरण नभएको आरोप लगाएको छ।किसानहरुलाई सहजीकरणका लागि अनेक किसिमका कृषि सामग्री कृषि मोटर र विउविजन लगायतका समानहरु आएपनी हामिले समयमा किसानहरुलाई दिराखेका छैनौ शर्माको भनाइ छ।

नौ लाख पचास हजारमा लियाएको धानको बीउ किसानहरुलाई वितरण नगरी फ्रीज गरिएको छ।समयमा नगरपालिकामा आएको कृषि समानहरु किसानहरुलाई नदिदा किसानहरु पनि आक्रोसित भएका छन।स्थानीय सरकार आएपनी कुनै किसिमको नगरपालिकाबाट सहयोग नभएको किसानहरुको भनाई छ।