2 महीना पहिले 68 सामग्री पोस्ट दृश्य
समाचार
सामग्री लेखक: Ashok Kumar Mandal
मधेश प्रदेशको विभिन्न अस्पतालमा कार्यरत छात्रवृति करारमाँ कार्यरत चिकित्सक सहित कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।
समयमा तलबभत्ता नदिएको तथा तलबमा प्रोत्साहन नगरेको भन्दै प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रेको हो । मँगलबार मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय घेराउ गर्न आएका डाक्टरहरुले सचिव र मन्त्री नभएपछि मुख्यमन्त्रीको कार्यालय अगाडी शान्तीपूर्ण आन्दोलन गरेको हो ।
बाँकी राखिएको तलबसहित पूर्ण भएको तलब समेत अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने माग राखी डाक्टर तथा नर्सहरुले आन्दोलन गरेको हो ।
यसका साथै मुख्यमन्त्री सतिश सिँहले डाक्टरहरुसँग गरेको दुरव्यवहारप्रति माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताईएको छ । मधेश सरकारलाई पटक पटक ज्ञापनपत्र बुझाएपनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रेको डाक्टरहरुले बताएका छन् ।
6 दिन पहिले
2 महीना पहिले
2 महीना पहिले