|

गहुँको बीउ चोरेर लैजाँदै गर्दा नगरपालिकाका अधिकृत पक्राउ

2 वर्ष पहिले     180 सामग्री पोस्ट दृश्य

समाचार, व्यापार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

सप्तरीको कञ्चनरुप नगरपालिकाले वितरण गर्न ल्याएको गहुँको बीउ चोरेर लैजाँदै गर्दा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामसेवक यादवलाई पक्राउ परेका छन्।

कञ्चनरुप नगरपालिकामा गहुँको बीउको अभाव भएका बेला स्वास्थ्य शाखा प्रमुख यादबले हेल्थ लेखेको गाडीमा बुधबार एक बोरा गहुँ लैजाने क्रममा स्थानीयले पक्राउ गरेका हुन्। उनलाई पक्राउ गरी स्थानीयले प्रहरीलाई बुझाएका छन्।

स्वास्थ्य शाखाका अधिकृत यादवले कञ्चनरुप नगरपालिका-८ स्थित मगर टोल नजिक ३०१०२३ च. ६५४२ नम्बरको गाडीमा बिउ लैजाने क्रममा पक्राउ गरिएको जनमत पार्टी कञ्चनरुपका नगर अध्यक्ष अनिल पंजियारले जानकारी दिए।

स्वास्थ्य शाखा अधिकृतको गाडीसमेत इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको छ।

यादवले भने गाडीमा गहुँको बोरा रहेको आफूलाई थाहा नभएको बताएका छन्।

इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।