|

जनकपुर न्यूरो अस्प्तालमा तोडफोड गरेको विरुद्धमा कानुनि उपचार खोज्ने डा.राउतको भनाइ

6 दिन पहिले     155 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

जनकपुर न्यूरो अस्प्तालमा तोडफोड गरेको विरुद्धमा कानुनि उपचार खोज्ने डा.राउतको भनाइ
सप्तशहिद टुडे
जनकपुर न्यूरो अस्पतालमा तोडफोड गरेको विरुद्धमा कानुनि रूपमा न्याय मागेर दोषीलाई कर्वाही गर्नुपर्ने डा विजय राउतले भनिएका छन। अस्पतालका सञ्चालक डा. बिजयकुमार राउतले जानकी जनकपुर यातायता प्रा.लि. का अध्यक्ष मनोजकुमार चौधरी लगायतले गरेको तोडफोड र हुलहुज्जत विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । जनकपुर न्यूरो अस्प्ताल आज विहान पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएका छन् ।

चैत १ गते जनकपुरधामको अन्तगृह परिक्रमा गरेर घर फर्किरहेको बस धनुषाको मालटोलमा दुर्घटना हुँदा बसमा सवार सवैजना घाइते भएका थिए । जनकपुरधामबाट राजविराजकालागि गईरहेको ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४२ जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च बेहोर्ने जनाएका थिए । बस व्यवसायी संघले उपचारमा कुनै कमी नगर्न अस्प्ताल प्रशासनलाई आग्रह गर्दै सम्पूर्ण खर्च आफूहरुले बेहोर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए