|

लोसपाको सँसदीय दलको नेतामा ठाकुर चयन

2 वर्ष पहिले     375 सामग्री पोस्ट दृश्य

निर्वाचन, समाचार, फैसन

सामग्री लेखक:   Ashok Kumar Mandal

   

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध चयन हुनुभएको छ ।

बुधबार संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी ३ बाट निर्वाचित हुनुभएको थियो ।

लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद हुनुहुन्छ ।

लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन ।