|

धनुषामा एक साना व्यापारीको हत्या

2 वर्ष पहिले     408 सामग्री पोस्ट दृश्य

समाचार, व्यापार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक साना व्यापारीको हत्या भएको छ ।मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित किराना पसल गर्ने ३५ वर्षी भनु दासको गोली हानेर हत्या गरिएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनीमाथि पसलमै गोली चलाएको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका दासको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा मृत्यु भएको हो । अहिले उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।गोली कसले चलाएको विषयमा केही खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।