7 दिन पहिले 178 सामग्री पोस्ट दृश्य
समाचार
सामग्री लेखक: Ashok Kumar Mandal
नेपाली कांग्रेसका दिवगंत नेता रामनारायण मिश्रको शालिक निर्माणमा विवाद,अन्य दलका कार्यकर्ता गर्दै विरोध
सप्तशहिद टुडे
जनकपुरको धरोहरको रुपमा रहेको ऐतिहासिक गँगासागर पोखरीको बिज बातो मा एक स्वर्गीय नेताको शालिक बनाउन खोज्दा विरोध भएको छ ।
विहिबार गंगासागर पोखरीको पूर्वी बिज बातो मा नेपाली काँग्रेसका दिवगंत नेता रामनारायण मिश्रको शालिक निर्माणको लागि डोजर चलेपछि अन्य दलका कार्यकर्ताहरुले विरोध जनाएको छ ।
धार्मिक एवम् वातावरणीय महत्व बोकेको गंगासागर पोखरीको डीलमा अन्य संरचना निर्माण कार्य असहनीय हुने भन्दै अन्य दलका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् ।
विहिबार शालिक निर्माणको लागि डोजर चलेपछि एमाले, नेकपा एस, जसपा नेपाल, लोसपा, माओवादी लगातका नेता कार्यकर्ताहरुले विरोध जनाएका हुन् । जानकारी अनुसार सो जग्गा दिवगंत नेता रामनारायण मिश्रकै नाममा रहेको छ । उनको शालिक निर्माणको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा समिति समेत दर्ता भएको छ ।
शालिक निर्माणको लागि ५ करोड ७४ लाख ९६ हजार रुपैयाँ विनियोजन भएको छ ।
दिवगंत रामनारायण मिश्र विक्रम सम्बत २०१५ सालको प्रजातान्त्रिक निर्वाचनमा महोत्तरीबाट निर्वाचित सांसद हुनुका साथै बिपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योग मन्त्री थिए। उनका पालामा जनकपुर चुरोट कारखाना, वीरगञ्ज चीनी मिल, कृषि औजार तथा छाला उद्योगसहितका दर्जनौं उद्योग स्थापना भएका थिए।
२०१७ सालमा राजा महेन्द्रद्वारा संसद विघटनपछि मिश्रलाई जेल हालिएको थियो। जेलमै बिरामी परेका मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो।
स्थानीय समुदाय र सरोकारवाला पक्षहरूले गंगासागर पोखरीको ऐतिहासिकता र धार्मिक महत्त्व जोगाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। सालिक निर्माणको उद्देश्य सम्मानजनक भए पनि स्थान चयनमा गहिरो विचार र समन्वय आवश्यक रहेको उनीहरूको धारणा छ।
12 दिन पहिले
12 दिन पहिले