|

सीके राउतलाई संसदीय दलको नेता चयन

2 वर्ष पहिले     275 सामग्री पोस्ट दृश्य

समाचार, फैसन

सामग्री लेखक:   Ashok Kumar Mandal

   

जनमत पार्टीले अध्यक्ष सीके राउतलाई संसदीय दलको नेता चयन गरेको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

दलको नेता चयन गरे पनि जनमत पार्टीले उपनेतामा अब्दुल खान  र प्रमुख सचेतक अनिता साहलाई गरिएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएको छ  । उनका अनुसार आज (सोमबार) बसेको बैठकबाट यस्तो निर्णय भएको हो ।

सचिवालय प्रमुख मण्डलले भने ,त्यसैगरी सचेतकमा गोभा लाभ सापकोटा ,सचिवमा बिनिता कुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मु चयन भएको छ ।

जनमत पार्टीले प्रतिनिधिसभामा ६ सिट जितेको छ । एक सिट प्रत्यक्षबाट जितेको उक्त पार्टीले पाँच सिट समानुपातिक प्रणालीबाट प्राप्त गरेको हो। पार्टी अध्यक्ष राउत प्रत्यक्षतर्फको निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका हुन् ।

उक्त क्षेत्रमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै राउत पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । जनमत पार्टीले अहिलेको सत्ता गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने सहमति गरिसकेको छ ।