|

धनुषा र सिरहामा मोटरसाइकल दुर्घटना, तीन युवकको मृत्यु

2 वर्ष पहिले     308 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

धनुषा र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजना युुवकको ज्यान गएको छ ।
धनुषामा विंङ्गर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका ५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेको समयमा धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डको सवैला नगरपालिका १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ज.८४४० नम्बरको विंङ्गर र ज.११ प.५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुबैमृतक मोटरसाइकलमा सवार थिए ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै मिर्चैयामा बुधबार राति मोटरसाइकशल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नं.७ लिखटनेलका ३५ वर्षीय प्रविण तिवारी रहेको प्रहरीले जनाएको छ ।तिवारीले चलाउँदै गरेको प्रदेश २–०१–००३ प. ६९२२ नम्बरको मोटरसाकल सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ स्थित कटारी जाने बाटोमा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका तिवारीलाई फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।