12 दिन पहिले 50 सामग्री पोस्ट दृश्य
समाचार
सामग्री लेखक: Ashok Kumar Mandal
विदेह नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत साह गर्दै सराहनीय कार्य चौतर्फी चर्चा
सप्तशहिद टुडे
धनुषाको विदेह नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत दिपेन्द्र कुमार साहले नगरपालिका भित्रका जनताहरुका लागि सहज र अनेकौ क्षेत्रमा सुविधा दिएर सराहनीय कार्य गरेको छ।
अधिकृत साहले ४०/४५ दिन नबित्दै नगरपालिकामा सुशासन, विकासोन्मुख निर्णय तथा निडरर्ताको प्रखर उदाहरण बनेका हुन।एक महिना भन्दा माथि देखि कार्यपालिकामा बसेपनि पालिकाका महत्वपूर्ण कार्यलाई वैधानिक सिद्धान्त दिएको देखिन्छ। हरेक पालिकामा विद्यार्थीबाट सरस्वती पूजाको लागि शुल्क लिइने गरिन्छ। तर प्रमुख अधिकृत साहले विदेह नगरपालिकाका विद्यार्थीहरूलाई राहत दिँदै विद्यार्थीबाट सरस्वती पूजाको लागि कुनै शुल्क विद्यालयले लिन नपाउने भनेर निर्देशन दिई निर्णय गरिएका छन।
त्यस्तै, विगत केही दिनदेखि अहिलेसम्म विदेह नगरपालिकामा करार सेवामा विभिन्न कर्मचारी कार्यरत छन्। सबै कर्मचारी कानुनी प्रक्रिया अनुसार नै नियुक्त भएका होला तर करार कर्मचारी छनौटमा सरकारी मापदण्ड भन्दा पनि आफन्तवाद, कार्यकर्तावाद, मिलोमतोमा जनप्रतिनिधिहरुले बढी प्राथमिकता दिइएको देखियो। 'निष्पक्षता' तथा 'पारदर्शिता'लाई सधैँदेखि विदेह नगरपालिकाले कर्मचारी छनौट बेलामा कैदी बनाएर राखेको देखिन्छ। तर "योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता" झै प्रमुख साहले 'निष्पक्षता' तथा 'पारदर्शिता' कैदमा मरिरहेको बेला पुनर्जीवित गरी मुक्त पारेका छन्।
नगरपालिका भित्र करारमा कर्मचारी पदपूर्ति अन्तर्गत कानुन अधिकृत १ जना, सिभिल इन्जिनियर २ जना, सिभिल सब इन्जिनियर २ जना, कम्प्युटर अपरेटर ५ जना तथा कार्यलय सहयोगी २ जना गरी विज्ञापन खुलाएको थियो। उक्त खाली पदमा निर्वाचित जनप्रतिनिधिको आफन्त, नेता कार्यकर्ताको दाँया-बाँया हात तथा सक्षम उम्मेदवारले पनि उम्मेदवारी दिएका थिए। प्रथम पत्रको नतिजा आएपछि सक्षम उम्मेदवारहरू उतिर्ण भए भने बाँकी सिफारिस को भरमा बस्नेहरू सबै अनुतिर्ण भए। आ-आफ्नो उम्मेदवारलाई अनुतिर्ण नतिजा पाएपछि तिनकौरीया चौकमा जनप्रतिनिधिहरूले विदेह नगरपालिकाको हाकिम विरुद्ध हो-हल्ला तथा तथा मेडियावाजि पनि गर्न लगाइयो। तर विदेह नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपेन्द्र कुमार साहले त्यस्तो आफू विरुद्धको हो-हल्ला सुनेर अझै निडर कदम चाल्ने निर्णय गर्नुभयो। अन्तर्वार्ता दिन, श्री भगवती राष्ट्रिय आधारभूत विद्यालय विदेह न पा-०७ जोगियाडा धनुषामा प्र प्र अ साहले औरही इलाका प्रहरी चौकीबाट जम्मा १५|२० वटा नेपाल प्रहरी विद्यालय परीसरमा खटाएर साक्षात्कार सुरक्षित रूटमा सफल पारेका थिए।
परीक्षाका अन्तिम चरणसम्ममा विभिन्न नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा सांसदसम्मले उम्मेदवारको सिफारिस गर्न खोजे तर कसैको प्रमुख साहले चल्न दिएन र टेरेनन् पनि । वैधानिकतालाई स्थापित गरेर नै दम लिएका छन।
अन्तर्वार्ता दिनमा नगरप्रमुख बेचन दास तथा प्र प्र अ ई दिपेन्द्र कुमार साहको साथ र समन्वय राम्रै देखियो तर उपमेयर आशा देवी झा कतै देखिएन। मेयर दास तथा प्र प्र अ साहको साथ र समन्वय नक्कल थियो कि सक्कल आउने दिनेको अझै निर्णयमा निर्भर पर्छ।
जसरी आफ्नै बल र योग्यतामा प्रमुख प्रसासकिय अधिकृत ई दिपेन्द्र कुमार साहले विदेह नगरपालिकामा एकदम तटस्थ, निष्पक्ष तथा पारदर्शी रूपले करारमा कर्मचारी छनौट भर्ना गर्न सफल भएको छ। र गलत पत्रकारीता/मेडियावाजि, गलत नेतृत्व तथा गलत सिफारिसको सिलसिलालाई थप्पड हान्दै सक्षम तथा योग्य उम्मेदवारलाई विदेह नगरपालिकामा छनौट गरी दिएको छ।
तत्काल, जनता तथा कर्मचारीमा आशा जागेको छ।
कर्मचारीले सुशासन,वैद्यानिकता तथा सुरक्षाको आशा मनमा पलाएको छ भने जनताले निडरता, शिक्षा तथा स्वास्थ्यको विकासको आशा राखेको छ।
12 दिन पहिले
2 महीना पहिले