12 दिन पहिले 56 सामग्री पोस्ट दृश्य
समाचार
सामग्री लेखक: Ashok Kumar Mandal
सप्त सहीद ढूढे
११ माघ, आज (शुक्रबार) दाङको तुलसीपुरमा आयोजित पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रपति पौडेले संवैधानिक व्यवस्था बमोजित नेपालको संविधानको धारा ७६ (३) मा जान चाहँदा पनि कांग्रेस–एमालेका नेताहरुको दवाबमा परेर काम गर्नुपरेको बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई महाअभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको खुलासा गरेका छन् ।
वर्तमान सरकार संविधान मिचेर बनेको दाबी गर्दै प्रचण्डले यो असंवैधानिक, जनविरोधी र गैरकानुनी रहेको दाबी गरे । पौडेल राष्ट्रपति आफ्नो कारणले बनेको दाबी गर्दै प्रचण्डले उनले आफूसँग संविधान नमिच्ने वाचा गरेको बताए । तर, धर्म संकटमा परेर राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गर्नुपरेको बताए ।
‘अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो । वर्तमान सरकार डरको कारण बनेको उनको दाबी छ । केही फरार अभियुक्त पक्राउ परेपछि अब हाम्रो पालो आयो भनेर कांग्रेस–एमाले डराएको उनको दाबी छ । ‘यो सरकार जो गठन भयो मैले प्रतिनिधि सभाको हलबाट पनि भनेको थिएँ,तर यो सरकार बन्नुको मूल कारण डर हो । केही फरार अभियुक्तहरु पक्राउ परेपछि अब हाम्रो पालो आयो भन्ने बुझेर उनीहरुले गठबन्धन गरे । बडो अपारदर्शी, आफ्नै पार्टीका नेताबाट लुकाएर, जसका विरुद्ध मैले अभियान सुरु गएको थिएँ, तिनै विचौलियाहरुको घरमा रातको १२ बजे सम्झौता भयो,’– उनले भने ।
रेडियो सप्त सहीद १०२.१ मेगाहर्ज
12 दिन पहिले
2 महीना पहिले