|

मधेश प्रदेशका साँसदहरुलाई कलवारले खुवाउने किरिया

2 वर्ष पहिले     216 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन्।

संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताए।

सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गरानेछन्। यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको उनले बताए।

 सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ।