|

मधेशी भाषामा सपथ ग्रहण गरेकोमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन

2 वर्ष पहिले     329 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

जनमत पार्टीका अध्यक्ष डा . सीके राउतसहितका सांसदहरुले प्रतिनिधि सभामा मधेशी भाषामा सपथ ग्रहण गरेकोमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गर्नुभएको छ ।विश्वमा आजबाट मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको छ।

जनकपुरधामस्थित जनक चौकमा आयोजित खुशियाली सभालाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले आजबाट विश्वमा मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको बताए।

मधेशमा बोलिने सम्पूर्ण भाषा मधेशी भाषा रहेको बताउँदै नेता साहले भने” मधेशीहरुले बोल्ने भाषा मधेशी भाषा हो। उक्त भाषा मधेशीहरु स्वयंले बोल्छन्।”

नेता साहका अनुसार मधेशी भाषा कुनै भाषाको विरुद्धमा नभई मधेशमा बोलिने सबै भाषाको प्रतिनिधित्व गर्ने भाषा रहेको छ।