|

धनुषा र बारामा दुईजनाको हत्या

2 वर्ष पहिले     297 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मधेश प्रदेशमा पुनः अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् । शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ । प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् ।बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

यसअघि शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको थियो । भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको गोली दागेर हत्या भएको थियो । उनलाई कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।