|

हराएको ३४ दिनपछि सेप्टिक ट्याङ्कीमा भेटियो किशोरको शव

2 वर्ष पहिले     256 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

वीरगञ्जमा मंसिर ५ गतेदेखि हराएका एक युवकको शव भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका- २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव भेटिएको हो । गुरूकुल पन्ना इङ्गलिस स्कुलको  पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा आइतबार साँझ निरजको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले सेप्टिक ट्यांकीको रिङ भित्रबाट शव निकालिएको जानकारी दिए ।

‘घाँटी र खुट्टा बाँधेर डल्लो बनाएर शव  सेप्टी ट्यांकीको रिङभित्र छिराइएको रहेछ’, उनले भने,  ‘त्यसमाथि माटो भरिएको बोरा र माटोले छोपिएको रहेछ । आज खोतलेर शव निकालेका छौं । ‘

निरजका बाबु श्रीमानको वीरगञ्जको मीना बजारमा मासु पसल छ ।  निरज मंसिर ५ गतेदेखि हराएको भन्दै भोलिपल्ट अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा खोजतलासका लागि निवेदन दिएका थिए ।

पुस १ गते निरजको परिवारले उनको अपहरण भएको र अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको भन्दै प्रहरीलाई लिखित जानकारी गराएका थिए ।

अपरिचित व्यक्तिले बुवा श्रीमान पासवानको मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेको उजुरीमा उल्लेख थियो ।

प्रहरीले अपहरणमा संलग्न रहेको आशंकामा  तीन जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूले  दिएको बयानको आधारमा  सेप्टिक ट्यांकीबाट निरजको शव बरामद गरेको थियो ।

प्रहरी नायब उपरीक्षक गिरिले घटनाामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । शंकास्पद अन्यको पनि खोजी भइरहेको उनको भनाइ छ ।

‘अ पहरणकारीले ५० लाख  रुपैयाँ फिरौती मागेर अभिभावकलाई फोन गरेका रहेछन् , फिरौती नदिएकोले हत्या गरेको पनि हुन सक्छ,  घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’