|

मधेश प्रदेशसभाको बैठक र सभामुखको मतदान भोलिका लागि स्थगित

2 वर्ष पहिले     202 सामग्री पोस्ट दृश्य

निर्वाचन, समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मधेश प्रदेशसभाको बैठक र सभामुखको मतदान भोलिका लागि स्थगित भएको छ ।

पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले प्रदेशसभाको आजको बैठक र मतदान स्थगित गरिएको सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रदेश सांसदहरुलाई मोबाइलाा एसएमएस पठाएर बैठक स्थगित गरिएको हो । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो । यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुने सचिवालयले सचिव यादवले जानकारी दिए ।