|

माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मन्त्रिमण्डलले पूर्णता पाए

2 वर्ष पहिले     262 सामग्री पोस्ट दृश्य

निर्वाचन, समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मन्त्रिमण्डलले पूर्णता पाएको हो।

 
नेकपा एमालेबाट चार , जनता समाजवादी पार्टीबाट मुख्यमन्त्रीसहित तीन र जनतम पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक मन्त्री सरकारमा सामेल भएसँगै सरकारले पूर्णता पाएको हो।

मधेस सरकारमा चारजना राज्य मन्त्री छन्। यो सँगै मधेस सरकारको मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ।

चारै दलबाट सरकारमा दुई महिला र तीन मुस्लिम समुदायबाट स्थान पाएका छन्। पछिल्लो सरकारमा एक जना महिलाले मात्रै सरकारमा स्थान पाएकी थिइन्, त्यो पनि राज्यमन्त्री मात्रै।

जसको कडा आलोचना समेत भएको थियो। अहिले विस्तार भएको मन्त्रिमण्डलमा पनि दलित समूदायको भने प्रतिनिधित्व छैन।

मन्त्रिमण्डलमा जिल्लागत प्रतिनिधित्व नभएको भन्दै आलोचना भएको छ। १५ सदस्यीय मन्त्रिमण्डलमा पाँच जना रौतहटबाट छन्।

मुख्यमन्त्री बाराबाट छन्। महोत्तरी र सप्तरीबाट दुई/दुई मन्त्री बनेका छन्। सर्लाहीले एक मन्त्रालय, पर्साले एक मन्त्री र एक राज्य मन्त्री पाएको छ। सिरहाले एक मन्त्री र एक राज्यमन्त्री पाएको छ।

मधेस सरकारमा दलितको सहभागिता नगराइएको भन्दै आलोचना भइरहँदा मुख्यमन्त्री सरोजकुमार यादवले यसको दोष पार्टी नेतृत्वको रहेको बताएका छन्।

‘दलले मलाई जुन नेताको नाम उपलब्ध गरायो, उहाँलाई नै मैले मन्त्रिपरिषदमा सामेल गर्ने हो’ मुख्यमन्त्री यादवले भने, ‘यसको दोष मलाई नलगाउनुस् । जानुस् केपी ओली, प्रचण्ड, उपेन्द्रजीलाई यो प्रश्न गर्नुस् ।’

यी हुन मधेसका मन्त्री
१. सरोजकुमार यादव             मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. सरोजकुमार यादव               भौतिक पूर्वाधार तथा विकास मन्त्री
३. संजयकुमार यादव             अर्थ मन्त्रालय
४. बसन्तकुमार कुशवाहा         भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री
५. सुनिता यादव                   उद्योग, पर्यटन तथा वन मन्त्रालय
६. महेशप्रसाद यादव             शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य
७. सूरिताकुमारी साह             समाजिक विकास मन्त्रालय
८. सत्रुधनप्रसाद सिंह             गृह तथा सञ्चार मन्त्रालय
९. सिंहासनसा कलवार             खानेपानी तथा उर्जा विकास मन्त्रालय
१०. राजकुमार लेखी             कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय
११. मो. वयद आलम            महिला, बालबालिका यु्वा तथा खेलकूद मन्त्रालय
१२. रहबर अन्सारी             उद्योग, पर्यटन तथा वन राज्य राज्यमन्त्री
१३. संजयकुमार यादव              भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
१४. शेखअबुल कलाम आजाद     समाजिक विकास राज्यमन्त्री
१५. केशव राय                   गृह तथा सञ्चार मन्त्री