|

पत्रकार महासंघ धनुषाका अध्यक्ष झा घाइते भएको नाटक मात्र हो : सचिव बटुकनाथ झा

1 वर्ष पहिले     548 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

पत्रकार महासंघ धनुषाका अध्यक्ष झा घाइते भएको नाटक मात्र हो : सचिव बटुकनाथ झा

जनकपुरधाम- नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले घाइते भएको नाटक गरेको महासंघ धनुषाका सचिव बटुकनाथ झाले बताएका छन् ।

सचिव झाले अध्यक्ष माथि कुनै किसिमको कुटपिट नभएको प्रस्ट पारेका छन् ।

सचिव झाले शनिवार साँझ एक विज्ञप्ती जारी गर्दै अध्यक्ष झाले नयाँ सदस्य वितरणमा एकलौटी गर्न खोजेपछि विवाद भएको उल्लेख गर्दै सदस्यता प्रकरणमा महासंघ नेतृत्वले गर्न खोजेको बल मिच्याई पुर्व योजना अनुरुप कुटपीट गरिएको झूठा कुरा फिजाई अस्पताल भर्ना हुने सम्मको ढोङका बारेमा छानविन गर्न पत्रकार महासंघको केन्द्रिय नेतृत्वलाई आग्रह गरेको छ।
विज्ञप्तीमा सदस्यता नविकरण वा नयाँ सदस्यता दिने विषयमा आफु अनुकुल हुने गरी नेतृत्व गर्ने अवैधानिक हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने समेत उल्लेख गरिएको छ।

सचिव झा सहित महासंघका कार्यसमितिको बहुमत सदस्यको हस्ताक्षरित विज्ञप्तीमा “नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड अनुरुप सदस्य रहन नसक्ने व्यक्ति र सदस्यहरुको नविकरण हुनुपर्छ भन्ने विषयमा हाम्रो कुनै अडान नरहेको बेला व्यक्तिगत तथा दलिय स्वार्थ पुणर् संकिणर्ता अनुरुप नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले नियोजित तवरबाट सदस्यता नविकरण नगर्ने स्थितिमा आजको बैठकमा हामीले असन्तुष्टि व्यक्त गरेका छौँ”, उल्लेख गरिएको छ।

विज्ञप्ती मार्फत उचित तथा पर्याप्त कारण एवम् आधार नखोलिकन पक्षपात पूणर् र पुर्वाग्रही ढंगबाट नेपाल पत्रकार महासंघ धनुषामा योग्य तथा सक्षम सदस्यका रुपमा योगदान दिदै आएका सदस्यहरुलाई राजनीतिक आस्थाका आधारमा सदस्यता नविकरण गर्न खोज्ने नेतृत्वका दुराग्रही सोच प्रति खेद व्यक्त गरिएको छ।

पत्रकार महासंघ धनुषाका पदाधिकारी, सदस्यहरु तथा साधारण सदस्य समेतलाई आफ्नो सदस्यता संग नाम प्रतिष्ठा जोगाउने अधिकार रहेको स्थितिमा अत्यन्त नाटकीय ढंगबाट नेतृत्वले आफ्नो निरंकुशता र स्वेच्छाचारितालाई ढाकछोप गर्न न्यायका अपेक्षाग्राहीलाई प्रहरी प्रशासनबाट पक्राउ गराउन खोज्नु कुण्ठित कार्य हो । यसले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मुल्यमान्यता माथि आघात पुर्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ।