|

दसैं मेलाकाे उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका छन् ।

12 दिन पहिले     39 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

दसैं मेलाकाे उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका छन् ।

सप्त शहीद टुडे 

जविराज, २४ असाेज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ५ पातो बजारस्थित डाक्नेश्वरी मन्दिरमा बिहीबारदेखि सुरू भएकाे दसैं मेलाकाे उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका छन् ।
मुख्यमन्त्री सिंहले डाक्नेश्वरी मन्दिरलाई धार्मिक पर्यटनसँग जोडेर श्रद्धालुभक्तजनहरूकाे आवागमन तथा यस क्षेत्रमा बसाइँ अवधि बढाउनुपर्ने बताएका छन् ।
उनले त्यस क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, यातायातलगायत पूर्वाधार विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा ताराकान्त चौधरी, प्रदेशसभा सदस्य शम्भु साह , डाक्नेश्वरीका नगरप्रमुख रामलखन मल्लाहले मन्दिरकाे विकासका लागि पर्यटकीय पूर्वाधारका काम गर्न प्रदेश सरकारकाे सहयाेग आवश्यक रहेकाे बताए ।

कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादव, वडा नं ५ का अध्यक्ष रमेशकुमार चौधरी, आयोजक समितिका अध्यक्ष महेन्द्र यादव, सल्लाहकार अमरेन्द्रकुमार यादव, सचिव रामचन्द्र मण्डलले डाक्नेश्वरी मन्दिरकाे विकासका लागि सर्वपक्षीय पहल हुनुपर्ने उल्लेख गरे ।