|

रविलाई बयानको लागि पाँच जिल्ला घुमाउने प्रहरीको तयारी

2 महीना पहिले     982 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

जनकपुरधाम /  सहकारी हिना बिना प्रकरण  काण्डमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई बयानका लागि पाँच वटा जिल्ला घुमाउने प्रहरीले तयारी गरेको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्री रविलाई सोही राति पोखरा लगिएको थियो । कास्कीको पोखरा स्थित सूर्यदर्शन सहकारी ठगीवारे मुद्दामा उनको बयान सकिएपछि रुपन्देही लगिने बुझिएको छ । बुटबल स्थित सुप्रिम सहकारी ठगीबारे बयान लिन रुपन्देही लगिने भएको हो । त्यसपछि वीरगंजको सानो पाइला सहकारी ठगी बारे बयान लिने प्रहरीको योजना छ । वीरगंजपछि चितवनको साहारा सहकारी ठगी प्रकरणमा रबिको बयान लिने प्रहरीले तयारी गरेको छ । चितवनपछि काठमाडौंमा सञ्चालित स्वर्ण लक्ष्मी सहकारी संस्थाको ठगी प्रकरणमा प्रहरीले बयान लिनेछ ।