|

नगरपालिकाको कुनै आधिकारिक व्यक्ति नभएपनी विश्वनाथ यादवले बुझे एनप्यबसन द्धारा दिइएको ध्यानाकर्षण पत्र

1 वर्ष पहिले     365 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

नगरपालिकाको कुनै आधिकारिक व्यक्ति नभएपनी विश्वनाथ यादवले बुझे एनप्यबसन द्धारा दिइएको ध्यानाकर्षण पत्र
सप्तशहिद टुडे
धनुषाको एक नगरपालिकामा कुनै पदमा नरहेपनी पदको जिम्मेवारी सरह काम गरेको देखिएको छ।शहिदनगर नगरपालिकामा केही दिनसम्म शिक्षा शाखा प्रमुखका रुपमा रहेका विश्वनाथ यादवलाई शिक्षा शाखा प्रमुख बन्ने योग्यता नरहदा उहाँहालाई यस पदबाट हटाइएको थियो।पदबाट हटिएपनी नगरपालिकाको सबै शिक्षा शाखाका कामहरु यहिलेसम्म गर्दै आइरहेका छन।गैरकानुनी रूपमा शिक्षा शाखाका काम गर्दै आइरहेका विश्वनाथ यादव र वार्ड नम्बर ६ का वार्ड अध्यक्ष उमेश निराला मण्डल विच केहि दिन आगाडी विवाद पनि भएको थियो।

बुधबार प्याबसन र एनप्याबसनका शिक्षकहरु मिलेर शहिदनगर नगरपालिकामा एउटा ध्यानाकर्षण सम्बन्धमा भन्ने पत्र बुझाइएको थियो।पत्रमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचीव राम कृष्ण सुवेदी द्धारा हस्ताक्षरित विद्यमान शिक्षा एन २०८० लाई प्रतिस्थापन गर्नका लागि तैयार गरिएको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरोकारवलाका सुझावहरुलाई वेवस्ता गरि तयार गरिएको छ। त्यसलाई निजि लगानिका विद्यालयका छाता संगठनको प्रतिनिधित्व हुनुपर्ने विभिन्न समिति र उपसमितिहरुमा समेत बेवास्ता गरि प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी हुनुका साथसाथै अन्यापुर्ण रहेको यथास्थितिमा विधेयक पारीत भएमा निजि लगानीका विद्यालयहरुको वृद्धि,विकास,सुरक्षा र संरक्षण असम्भव नभै बन्द हुने सम्भावना निश्चित रहेको भन्दै पत्र बुझाएका थिए।

पत्र नगर प्रमुख दिनेश प्रसाद यादवलाई बुझाएर एनप्यावसन र प्याबसनका शिक्षकहरु यहिले शिक्षा शाखाका कुनै पदमै नरहेका विश्वनाथ यादवलाई बुझाउदा तीन तहको सरकार मध्ये एक स्थानीय सरकारको नीति नियमलाई उलंघन गरिएको छ।विश्वनाथ यादवले एउटा शिक्षक भएर विद्यालयको प्रअ भएर शिक्षा शाखाका प्रणालीलाई धजिया उडाएका नगरका विद्यालयहरुको अवस्था जनताले देखेकै कुरा हो।