|

शहिदनगर नगरपालिकाको इन्जिनियर घुस सहित रंगेहात पक्राउ

1 वर्ष पहिले     332 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

शहिदनगर नगरपालिकाको इन्जिनियर घुस सहित रंगेहात पक्राउ
सप्तशहिद टुडे
धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर घुस सहित पक्राउ परेका छन।नगद एक लाख रुपैयाँ र एक लाख ७५ हजार रुपैयाँको चेकसहित इन्जिनियर रमेशकुमार चौधरी पक्राउ परेका छन्।रविवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरी संगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ।इन्जिनियर यादवले सेवाग्राहीसंग काम बापत घुस मागेको गोप्य सूचनाको आधारमा घुस रकम सहित पक्राउ गरेको हो।

उनीहरुलाई शहीदनगर नगरपालिका वार्ड नम्बर ३ स्थित रहेको पशु सेवा केन्द्रको भवनबाट पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका हुन।

नगरपालिकाको वाल निर्माण कार्य सम्पन्नपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।शहिदनगर नगरपालिकामा यहिले सम्मको अवस्था हेर्ने हो भन्ने विकासको काम कम र त्यसको बापत भ्रस्टाचारी र पेट भर्ने काम बढी भएको छ।नगरपालिकामा दलाल र घुसखोरको कमि नै देखिदैन।स्थानीयहरुलाई काम गरदिने बापत घुस लिने र नदिदा उल्टै थरकाउने कार्य भैरहदा यसप्रति अख्तियार र प्रसासनलाई समेत ध्यान गएको छ।