|

प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहको आकस्मिक सेवा बन्द सेवाग्राही मर्कामा

1 वर्ष पहिले     300 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहको आकस्मिक सेवा बन्द सेवाग्राही मर्कामा
सप्तशहिद टुडे
धनुषाको शहिदनगर नगरपालिकामा रहेको २४ औं घण्टा आकस्मिक सेवा केही दिनदेखी बन्द गरिएको छ।शहिदनगर नगरपालिका वार्ड नम्बर ३ को यदुकूहामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा बन्द भएको छ।प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहा अन्तर्गत संचालनमा रगेको २४ औं घण्टा आकस्मिक सेवामा कार्यरत रहेका कर्मचारीहरु द्धारा यहि जेष्ठ १० गतेका दिन दर्ता नम्बर १६८९ रहेको सम्बन्धित कर्मचारीहरुले पाँच बुन्दे मांगहरु राखी सात दिने अलटिमेटम नगरपालिकामा बुझाएका थिए। संयुक्त रूपमा हस्ताक्षर गरि नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादव र प्रमुख प्रसाकिय अधिकृत सावन चौधरीले आकस्मिक सेवा वापतको पारिश्रमिक हालसम्म कुनै सम्बोधन नगरदिएको र स्वास्थकर्मिलाई अपहेलित गरेको भन्दै स्वास्थकर्मिहरुले प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहाको आकस्मिक सेवामा काम नगर्ने भएको छ।

यदुकोहामा आकस्मिक सेवा हुदा शहिदनगर नगरपालिका भित्रका जनता नभएर अन्य छिमेकी नगरपालिकाहरुका जनताहरुले समेत सेवा लिन आउथ्यो।तर नगर प्रमुख र प्रसासकिय अधिकृतको यस्तो रबैयले गर्दा जनताहरु अब सेवा लिन बाट बञ्चित र मर्कामा परेका छन।उक्त क्रियाकलापबाट सेवाग्राहीमा पर्न गएको असुबिधाको सम्पुर्ण जिम्मेवारी संबंधित निकाय रहेको स्वास्थकर्मिहरुले आरोप लगाएको छ।

प्राथमिक स्वास्थय केन्द्र यदुकूहा अन्तर्गत सञ्चालनमा रहेको २४ औं घण्टा आकस्मिक सेवा २०७८/११/१३ मा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख द्धारा र तत्कालीन नगर प्रमुख उदय कुमार बरबरिया र प्रमुख प्रसासकिय अधिकृत राम किशोर महतोलाई पत्र बुझाएर सरोकारवला र स्वास्थ्यकर्मी बिच व्यापक छलफलपछि २०७८/१२/२८ मा सम्झौता भएर दर्ता नम्बर २२१८ रहेको पत्र अनुसार आकस्मिक सेवा सुबिधा कार्यबिधी संसोधन बारे सम्झौता भएको थियो।