|

शहिदनगर नगरपालिकामा यसरी भइरहेको छ असारे विकास । सडकमा माटो हाल्यो, फाइल मिलायो, पैसा निकाल्यो, सक्यो ।

1 वर्ष पहिले     364 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

शहिदनगर नगरपालिकामा यसरी भइरहेको छ असारे विकास । सडकमा माटो हाल्यो, फाइल मिलायो, पैसा निकाल्यो, सक्यो । बजेट रकमको १० देखि २५ -३०  प्रतिशत जति रकमको काम हुन्छ,२० -२५  प्रतिशत रकम उपभोक्ता समितिले कुम्ल्याउँछ, बाँकी जनप्रतिनिधि र कर्मचारीले खान्छन् ।हालैमा शहिदनगर नगरपालिका वार्ड नम्बर ४ ननुपट्टीको राम सागर मण्डल घरको सामुने देखी चोपाइर टोलसम्म त्यसैगरि रंजीत महराको घरदेखी चोपाइर टोलै सम्म १० लाख बजेटको काम यहिले भएको छ।जुन काममा भ्रस्टाचार भएको स्पष्टै देख्न सक्नु हुनेछ।६ देखि ८ इन्चसम्म ग्राइबल हुनुपर्ने ठाउँमा २ देखि २.५- ३  इन्चसम्म मात्र ग्राइबल बाटोमा राखेर कोदालोले छपछपाउने काम गरेको छ।यो बाटो असार महिनामा हिलोले गर्दा त्यही चोपाइर टोलका बासिन्दाहरु बाहिर निस्किनलाई सार्है गाह्रो हुने बाटो हो हो।तर शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव र वार्ड नम्बर ४ का अध्यक्ष रमेश मुखिया समेत रहेर यस्तो असारे विकास गरि जनतालाई लोभयाएर फाइल मिलाउने काम गरेको छ।यसमा नगरपालिकाका इन्जिनियर र केही कर्मचारी समेत मिलेर यसरी गरेको कुरा बाहिरीएको छ।