2 वर्ष पहिले 503 सामग्री पोस्ट दृश्य
समाचार
सामग्री लेखक: Ashok Kumar Mandal
शहिदनगर नगरपालिकामा पैसा लुटने दाउमा बनाए गुणस्तरीयहिन बाटो
सप्तशही टुडे
शहिदनगर नगरपालिकामा जनतालाई ठग्ने काम दोहरिएको छ।शहिदनगर नगरपालिकाको गोठकोयलपुरमा नगरपालिकाकै बजेट बाट बनेको बाटो गुणस्तरीयहिन रहेको देखिएको छ।बीस लाखको बजेटमा बनिएको बाटोमा कन्ट्रक्सन जोइन्टमा टाई बार पोइट र एक्सपेन्सन पोइन्टमा डबल बार पोइट गर्नुपर्छ र सामान्यतया एकस्पेन्सन पोइन्टलाई कम्तीमा तीस मिटर बिटमा राख्नुपर्ने हुन्छ।तर यस्तो तरिकाला नबनाई रातिराती जोडसोडले बाटोलाई ढलान गरि बनाइएको छ।
गोठकोयलपुरमा राजा गोहिबारको घरदेखी बनाएको बाटोलाई नगरपालिकाले प्रत्यक्ष रुपमा यसको बजेट राखेर सडक निर्माणको काम गरिएको छ।सडक बनेपनी यसको निरीक्षन नगरपालिकाको नगर प्रमुख दिनेश प्रसद यादव इन्जिनियर दिपेश यादवले नगरिकन रुपैयाँ भुक्तानी गरिएको छ।नगरपालिका भित्र सडक निर्माणको काम हुदा नगर प्रमुख र इन्जिनियर समेत बाहिर हुदा बाटोमा आर सि सि ढलान रातिमा गरिएको छ।
बाटोको बिचमै बिजुलीको पोल समेत रहेको हुदा राती राती दुर्घटना हुने सम्भावना पनि देखिएको छ।
2 महीना पहिले
3 महीना पहिले